काठमाडौं । विवाइडी एशिया प्यासिफिक अटो सेल्स डिभिजनकामहाप्रबन्धक लिउ जुलियाबले हालै नेपाल भ्रमण गरेका छन् । विवाईडीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जुलियाबले मे ४ देखि मे ६ सम्म नेपाल भ्रमण गरेका हुन् ।
जुलियाबले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसंग समेत विशेष भेटवार्ता गरेका थिए । उनले नेपाल भ्रमणको शुरुवात कम्पनीको नक्साल, काठमाडौं र पुल्चोक,ललितपुरमा रहको शोरुमको अवलोकनबाट गरेका थिए । यी स्थानहरूमा श्री लिउले व्यक्तिगत रूपमा १४ वटा सवारी साधनहरू पठाएका थिए । यस्तै टोलीले काठमाडौंको गुहेश्वरीमा रहको सर्भिस सेन्टरको पनि भ्रमण गरेको थियो।
उक्त टोली कम्पनीको नेपालमा आधिकारिक वितरक रहेको सिमेक्स ईन्क प्रालिले आयोजना गरेको विवाइडी एसिया प्यासिफिक नेपाल रणनीति शिखर सम्मेलनमा भाग लिन नेपाल आएको थियो । कम्पनीले मे ५, २०२४ मा काठमाडौंमा सो शिखर सम्मेलनको आयोजना गरेको हो । यो शिखर सम्मेलनमा जुिलयाबले प्राविधिक नवाचार र ग्राहक–केन्द्रताको लागी कम्पनीको दृढ रहेको प्रतिबद्धता दोहोर्याएका थिए । साथै, उनले सन् २०२२ र २०२३मा ६० प्रतिशतभन्दा बढी इभी नेपाल प्रवेश गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । भ्रमण टोलिमा जुिलयाब सहित गिलियन ली, कम्पनीको यात्रुवाहक सवारीकार्यालयका निर्देशक ज्याभी वांग, उत्पादन प्रबन्धक कैसी के, कानूनीप्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाब रहेका थिए।