काठमाडौं । कोशी प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन्।
आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत जान लागेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरिसकेका छन् ।
एमाले र माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित बहुमत सदस्यको दाबी लिएर प्रदेश प्रमुखकोमा जाने तयारी गरिरहेको छ ।
सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहानै काठमाडौं पुगेका छन्।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन्।