बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कोशीमा नयाँ सरकार आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले–माओवादीको पत्र

बुधबार, बैशाख २६ २०८१

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गर्दै प्रतिपक्षी दलहरूले प्रदेश प्रमुखलाई निवेदन दिएका छन्।

उनीहरूले अहिले प्रदेश सरकार विहीनताको अवस्थामा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका हुन्।

‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भयो,’ बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा उल्लेख छ,‘त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस्।’

पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यस विषयमा अध्ययन गरेर निर्णय गर्ने जवाफ दिएका छन् । ‘अब यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरुलाई चिया पनि नखुवाई बिदाइ दिन चाहन्छु।’

बुधबार बिहान पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर एमाले–माओवादीका नेताहरूले सरकार गठनको प्रक्रिया सुरू गर्न आग्रह गरेका थिए।

जबाफमा खापुङले अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिए–नलिएको आफूले थाहा नपाएको र प्रदेश सभाबाटै त्यसको जानकारी हुनुपर्ने बताएका थिए।