काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् ।
सामाजिक संजालमार्फत सन्दीपले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर भएका लामिछानेको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।
यसैबीच सामाजिक सञ्जाल फेसबुकमा सन्दीपले आफू दोषी नभए आफूलाई फसाइएको उल्लेख गरेका छन् ।
यो घटना घटेको नभई घटाइएको भएको सन्दीपले उल्लेख गरेका छन् । ‘म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।