शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

डीएसपी सत्य नारायण थापालाई खुला पत्र !

मंगलबार, बैशाख २५ २०८१

तपाईं महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुटेको प्रमुख हुनुहुँदो रहेछ र एक पटक भेट्ने मौका मिल्यो । भेट्न दिएकोमा धन्यवाद ।

गत १८ गते बिहान ९ बजेपछि म डेराबाट अफिस जान निस्किएँ । क्षेत्रपाटीबाट ढल्को जाने बाटोमा गणेश बेकरी रहेको पूर्ववडाध्यक्ष विजयबहादुर मालीको घरमा म बस्दै आएको छु । देब्रे साइडबाट अघि बढ्दै थिएँ, अलिक अगाडि पुगेपछि विपरीत दिशाबाट विजय माली नामको युवक ढल्कोतर्फ जाँदै थियो । म आफ्नो बाटोमा जाँदै थिए । ऊ आफ्नो तालमा लम्किँदै थियो । त्यहाँबाट क्षेत्रपाटी भएको चोकतर्फ मोडिने ठाउँमा नपुग्दै त्यो केटो ओई‘ ओई‘ भन्दै चित्याउँदै दौडिएर म भएतिर आउँदै थियो । वरिपरि भएका सबैले चासोपूर्वक हेर्ने नै भएँ, म रोकिएँ । मेरो अगाडि आएर औंला मेरो नाक नजिकै पु¥याएर बाटो छेकेर धम्क्यायो । तैले के खोजेको भनेर उसले धम्क्याउँदै भन्यो ‘तँलाई मैले कुन अवस्थामा भेटेको थिएँ भन्ने त थाहा होला नि रु अहिले त्यसैको ९त्यहाँ उसले बोलिएको शब्द उल्लेख गर्न असमर्थ छु० पछिपछि लुते कुकुरजस्तो लिप्रिकलिप्रिक लागेर खान परेको छ ।’

मैले सोधेँ, ‘तैँले खोजेको के हो रु मैले तँलाई के गरेँ रु म तँलाई चिन्छु तर तँसँग बोलचाल वा कुनै कारोबार केही छैन । तर पनि तँ किन धम्क्याउँछस् । म तँलाई राम्रोसँग चिन्छु । जे लछारपाटो लगाउन सक्छस् लगा भनेर जवाफ दिएँ ।
विजय माली कुनै होस् ठेगान नभएको केटो हो, उसको काम व्यवहार यस्तै मात्रै रहेछ । बुझ्दै जाँदा थाहा भयो, अहिले मलाई गरेकोजस्तो अभद्र व्यवहार अरूलाई पनि गरिसकेको रहेछ । त्यो कुरा डीएसपी थापाकै अगाडि जाहेरी दिन जाँदा २० गते उपस्थित केही व्यक्तिले बताएका थिए । अरू मुख खोल्न नसकेको मानिस कति होलान् रु डीएसपीको ध्यान त्यता पर्नुुपर्ने थियो । तर सामाजिक न्यायतर्फ उनको चासो कमसेकम मैलेचाहिँ पाइनँ ।

१८ गते बिहान जुन ठाउँमा मालीले मलाई धम्क्यायो मैले त्यहाँबाट दुई पाइला पनि यताउता नगरी जानकारी गराउनुपर्ने ठाउँमा गराएँ । तीमध्ये एक थियो, आईजी सचिवालय । सचिवालयले डीएसपी थापालाई निर्देशन दिएको हो कि जानकारी गराएको हो भन्नुपर्ने हो । उनै डीएसपी थापाले जान्लान् । तर त्यसको केही मिनेटमै डीएसपीले मलाई फोन गरे । त्यतिबेला विजय माली मलाई अभद्र व्यवहार गरेर, धम्क्याएर ढल्कोतर्फ हिँडिसकेको थियो । डीएसपी थापाले ‘के भएको रु’ भनेर सोधे । त्यो मानिस कता गयो रु तिम्रो अवस्था के छ रु हातपात भयो कि भएन भनेरसम्म पनि सोधेनन् । त्यो मालीको नम्बर छ भनेर सोधे । मैले छैन तर खोजेर पठाउँछु भने ।

उनले फोन काटे । अनि मैले विजय मालीलाई मेराविरुद्ध अहिले उक्साएर अभद्र व्यवहार गराउने मुख्य भूमिका निभाउने सामाखुसी निवासी सुचेन मालीलाई फोन गरेँ र विजय मालीको नम्बर मागेँ । उसले किन र भन्दै नम्बर दिन आनाकानी गरेको थियो । जरुरी छ भनेपछि उसले नम्बर दियो । त्यो नम्बर डीएसपी थापालाई पठाइदिएँ । त्यसपछि म सदाझै आफ्नो बाटो पकडेर अफिस लागेँ ।

म आर्थिक दैनिकमा काम गर्छु । त्यसको अफिस कुपण्डोलमा छ । मैले बाटोमा भएका साथीसँग यो घटना बताइन् । अफिसमा पनि केही भनिन् । अफिसबाट निस्कने बेलामा समाचार छाडिदिएँ । त्यहाँबाट निस्किएपछि चियापानमा बस्दा एक जना साथीसँग कुरा खोलेँ ।

निवास फर्किँने बेला हुँदै गएको थियो । अनि मैले क्षेत्रपाटीमा पुष्प मानन्धरलाई फोन गरेँ । पुष्प दाइलाई बिहान भएको घटना सुनाएँ । फर्किँदा सांघातिक आक्रमण हुने हो कि भनेर के गर्ने भनेर सोधेँ । किनभने त्यो मानिसले मलाई २०६४ सालमै ‘तँ कुन घरमा बस्छस्, कुन बाटो हिँड्छस भन्ने मलाई राम्ररी थाहा छ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पीएल सिंह, प्रकाशमान सिंहको त के गर्ने कार्यकर्ता होस् भन्ने पनि थाहा छ । तँलाई कहाँबाट घिसारेर टाँङ च्यात्नुपर्छ भन्ने पनि मलाई थाहा छ’ भनेर धम्क्याएको थियो । त्यसो हुनाले मलाई अहिले पनि डर लागिरहेको छ । डेरामा फर्किँदा कतै लुकेर आक्रमण गर्छ कि के गरौँ भनेर कुरा सेयर गरेँ ।

पुष्प दाइले त्यस्तो डराउनुपर्दैन त्यसले केही गर्न सक्दैन । आउनुस् भनेर सान्त्वना दिए । उनलाई त्यसरी सोध्नुको कारणचाहिँ उनी खेलाडी भएर मात्रै होइन मेरो क्षेत्रपाटी बसाइँको करिब ४० वर्षको सबैभन्दा पुरानो साथी हुन् । त्यसपछि म डेरामा फर्किएँ । १९ गते बिहानसम्म सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरू र टेलिभिजनहरूमा मलाई बाटो छेकेर अभद्र व्यवहार गरिएको घटनाको विरोधमा समाचारहरू आइसकेका थिए ।

एक जना साथीले त्यो घटना थाहा पाएपछि अरू साथीहरूसँग कुरा गरेर बिहान ब्रेकफास्ट मिटिङ एरेन्ज गरेका रहेछन् । त्यहाँ मलाई नबोलाउने कुरै भएन । मलाई जस्तो पिडा उसले अरूलाई पनि दिएको रहेछ । कारबाही गर्नुपर्छ छाड्नुहुँदैन भन्ने सुझाव दिए । उनीहरूले प्रहरीले पक्राउ गरिसक्यो होला, डीएसपी थापालाई सोध्नुस भनेर साथीहरूले कर गरेपछि मैले बुधबार बिहान ११ः२० मा फोन गरेँ । तर उनले फोन उठाएनन् । त्यस दिन मे दिवस परेकाले सार्वजनिक बिदा परेको थियो । अघिल्लो दिन ९ः१९ बजे उनले ९८५११५५६२५ नम्बरबाट फोन गरेका थिए । भोलिपल्ट मैले त्यही नम्बरमा फोन गर्दा उनले उठाएनन् । कतै व्यस्त होलान्, फुर्सद भएपछि फोन आउला भन्ने आसमा म अफिस लागेँ । दिनभरको काम सकेर निस्कने बेलामा तिवारीजीसँग भेट भयो । उनले एक जना उनको साथी चिनाए । पेसाले उनी प्रहरी रहेछन् ।

उनीसँग भेट्दा म सुचेन मालीसँग फोनमा कुरा गर्दै थिए । किन त्यसरी मान्छे उकासेर मलाई बाटो छेक्ने, तर्साउने, अभद्र व्यवहार गर्ने गरेको रु कि आफैँ अगाडि आएर गर्नू । अफिसमा आऊ के भएको हो कुरा गरौँ भनेँ । तर उसले मानेन । बिदाको दिन सुचेन माली ममाथि अभद्र व्यवहार गर्ने विजय मालीलाई लिएर डीएसपी थापासँग मिटिङ गर्न पुगेको रहेछ । त्यसको सुइँको मैले पाइसकेको थिए । पहिला त उसले आफूले गरेको कुरा स्वीकारेन । तर पछि कुरा गर्दै जाँदा उसले विजय मालीलाई लिएर सोह्रखुट्टे प्रहरीमा गएको र डीएसपी थापासँग कुरा गरेको स्वीका¥यो । त्यतिबेला पनि त्यसो नगर अहिले छोराको सुटिङमा जानुछ भनेँ, भोलि बिहान भैटौँ भने । उसले हुन्छ भन्यो तर सुचेन मालीले भोलि बिहान भेट्ने होइन, फोन काट्ने बहानाका लागि हुन्छ भनेको रहेछ ।

सुचेनसँग फोन वार्ता हुनुअघि मैले पुष्पसँग कुरा गरेको थिएँ । प्रहरीले कारबाही गरेन भनेपछि उसले निवेदन हालेको छ कि छैन भनेर सोध्यो । मैले निवेदन नहालेको जवाफ दिएँ । निवेदन नहाली कसरी पक्राउ पर्छ । निवेदन हाल भन्यो । अनि मैले निवेदन तयार गरेँ । यतिबेलासम्म पत्रपत्रिका र टेलिभिजनहरूमा समाचार आइसकेछन् । पत्रकार महासंघका तीनै तह केन्द्र, उपत्यका प्रदेश र काठमाडौं शाखाले छुट्टाछुट्टै वक्तव्य निकालेर पत्रकारलाई अभद्र व्यवहार गर्ने मालीमाथि कारबाहीको माग गरेका छन् । किन चाहियो निवेदन भनेर मैले पुष्पलाई भनेको थिएँ । उसले निवेदन नहाली हुँदैन भनेपछि निवेदन तयार पारिसकेको थिएँ ।

तिवारीजीको प्रहरी साथीसँग चिया खाएर बिदा भइयो । सबै आ–आफ्नो निवासतर्फ लागियो । २० गते बिहान निवेदन बोकेर क्षेत्रपाटी चोकमा उभिएँ । पुष्पलाई फोन गरेर बोलाएँ । उनले निवेदन दिनुपर्छ भनेका थिए । सोह्रखुट्टे जाउँ भने । उनले जेपी स्कुल पु¥याए । त्यहाँ दुई कप चिया पिएर सवा घण्टापछि निवेदन दर्ता गराउन मलाई प्रहरीकोमा लगेर छाडिदिए । सोध्दैखोज्दै डीएसपी थापाको कोठामा पुगेर विजयी मालीविरुद्ध अभद्र व्यवहारको किटानी जाहेर हातमा थमाएँ । त्यति बेलासम्म मैले निवेदनको फोटो पनि खिचेको थिइनँ । डीएसपीको हातमा भएको निवेदन मागेर मैले फोटो खिचेँ र जाहेरी र प्रकाशित समाचारको फोटोकपी उनलाई दिए । उनले इन्सपेक्टर श्यामकुमार बस्नेतलाई बोलाएर त्यो निवेदन सुम्पिए । त्यसपछि विजय मालीलाई फोन गरेर बोलाइयो । त्यतिबेला कामनपा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर त्यहाँ आइसकेका थिए । प्रहरीले फोन गरेपछि सायद विजय मालीले वडाध्यक्षलाई फोन गरेर ‘प्रहरीले बोलायो, जाउँ कि भागौँ रु’ भनेर सोध्यो । आऊ भनेपछि त्यहाँ आयो ।

विजय आएपछि डीएसपीले उहाँहरूलाई राखेर छलफल गराउनु भन्ने आदेश दिए । छलफल सुरु भयो । विजयले गल्ती स्वीकार गरेन । उसले २०६४ सालदेखि मलाई टर्चर दिँदै आएको थियो । उसका लागि त्यस्तो टर्चर सामान्य रहेछ । इन्सपेक्टर बस्नेतले मैले दिएको जाहेरी पत्र हातमा हल्लाउँदै यही पत्रको आधारमा तपाईंलाई पनि पक्राउ गर्न मिल्छ । दुवै जनालाई थुनिदिन्छु भन्नेर सुरुमै धम्क्याए । उनको रबैयाबाट एकछिन निःशुल्क मनोरञ्जन लिएँ । अनि डीएसपी थापाको कोठामा प्रवेश गरेँ । त्यहाँ कोठामा डीएसपीसँगै कपिल, नवीन, डा मनोजलगायतका प्रतिनिधि पात्र थिए । हिँड्दाहिँड्दै डीएसपीको मुखबाट चौथो अंग होस् कि पाँचाँै अंग होस् के मतलब भनेको मेरो कानमा प¥यो ।

त्यसअघि चिया खुवाएर त्यहाँभित्र भएका डाक्टरहरूको टोलीलाई तपाईंहरूलाई अहिल्यै जेलमा हाल्न सक्छु भनेर धक्याइसकेका रहेछन् । मन चिन्तित बन्यो, कहाँ गल्ती गरेँ रु मै खराब छु कि के हो जस्तो लाग्यो । डीएसपीले त त्यसै भनेनन् होला, अन्यथा अर्थ नलगाइयोस् कि उनको तेस्रो आँखा खुलेकोजस्तो लाग्यो । मानिसले दुईवटा आँखाले नदेखेको कुरा तेस्रो आँखा अर्थात् दिव्य चक्षुले देख्छ अरे । तर महादेवको तीन नेत्र भनेकोचाहिँ फरक हो क्यारे । अघिल्लो दिन सुचेन मालीले विजय मालीलाई लिएर डीएसपी थापालाई बिदाको दिन पारेर घण्टौँ भेटवार्ता गर्नु र त्यसको भोलिपल्ट उनको मुखबाट त्यस्ता कुरा निस्कनुले मलाई झनै चिन्तित बनायो । क्षेत्रपाटीमा सडकमा त असुरक्षित भएको थिएँ । तर प्रहरी कार्यालयभित्र पनि सुरक्षित भएको महसुस गर्न सकिनँ, डीएसपीको हातमा जाहेरी थमाएपछि म त्यहाँ झण्डै पौने चार घण्टा बसेँ ।, तर त्यहाँभित्रबाट निस्कँदा पनि भयरहित भएर निर्भयपूर्वक निस्किनँ सकिनँ । प्रहरीले डेरावालाप्रति गरेको विभेदपूर्ण व्यवहार देखेँ । उनले पटक–पटक जाहेरी फिर्ता लिन दबाब दिए । तर मैले स्वीकार गरिनँ । त्यहाँबाट निस्किएपछि अपराह्न चार बजेर ४८ मिनेट जाँदा डीएसपी थापालाई फोन गरेर म जाहेरी फिर्ता लिन्नँ कारबाही अघि बढाउनुस् है भनेको थिएँ । उनले हस् भनेका थिए ।

त्यसको भोलिपल्ट अर्थात् २१÷२२ गते नेपाल पत्रकार महासंघको महाधिवेशन थियो । म आफू पनि प्रतिनिधि भएकाले नाम रजिस्ट्रेसन गर्नेदेखिका काम गर्न बाँकी थियो । अफिस पुगेपछि त्यसतर्फ लागेँ । बेलुका हिँडेर न्युरोड हुँदै निवासतर्फ फर्कँदै गर्दा अफिसको ल्यान्डलाइनबाट फोन आयो र उठाउँदा उजुरी गर्न सुझाव दिने र उजुरी दर्ता गराउन प्रहरी वृत्त सोह्रखुट्टे पु¥याउने पुष्प मानन्धरको आवाज आयो । कुरा गर्दै जाँदा उनले बिहान र अहिले वातावरण धेरै चेन्ज भयो, त्यो निवेदन फिर्ता लिनुस् भनेर दबाब दिए । मैले म ताइको फुरौला होइन, जता हल्लायो उत्तै पल्टिने, मैले मान राखेर के गरौं तपाईंलाई फोन गरेँ, कमसेकम मानको लाज जोगाउनुहोस्, यसरी अहिलेको अहिले कुरा बदल्न लाज लाग्दैन रु भनेपछि उनले फोन फालेर हिँडे । त्यसको केही समय बित्न नपाउँदै घरबेटी विजयबहादुर मालीको त्यही शैलीमा फोन आयो तर उनले पनि केही बेर चर्का कुुरा गरेर फोन काटे ।

विजय माली, विजयबहादुर माली र पुष्प मानन्धर फरक–फरक पृष्ठभूमिका व्यक्ति हुन् । छवि पनि फरक–फरक नै छ तर बाहिरको मानिस डेरावाललाई हेर्ने दृष्टिकोण समान पाएँ । त्यसको भोलिपल्टदेखि महासंघको महाधिवेशन थियो र त्यसमा सरिक हुने नै भएँ । शनिबार साँझ छ बजेर १९ मिनेट जाँदा डीएसपी थापाले मिसकल दिएका थिए । थाकेकाले फोन फर्काइनँ । तर त्यसको भोलिपल्ट उनको अफिसमै उनी रहेनछन् । उनको अफिसको रिसेप्सनले फर्किने टुङ्गो नभएको बताइयो । अनि २० गते थुनामा राखिएको विजय मालीको हालखबर के छ भनेर सोधपुछ गर्दा उनी त छुटिसकेको जानकारी पाएँ । त्यहाँबाट बाहिर निस्किन खोज्दा जाहेरी हाल्ने मलाई उल्टै थुनिदिने धम्की दिने इन्सपेक्टर श्यामकुमार बस्नेत भेटिए ।

पहिले त उनले नचिनेझैं गर्दै मालीको बारेमा सोधपुछ गर्दा ‘हामीलाई के थाहा त रु’ भनेर पन्छिँदै ‘तपाईंले नै जिम्मा लिएर छुटाएर लैजानु भएको होइन र रु’ भनेर उल्टोपाल्टो कुरा गर्दै खै के हो मलाई थाहा छैन भनेर टकटकिँदै उनले डीएसपी थापालाई फोन गरे । त्यहाँबाट बाहिर निस्किँदा साँझ छ बजेर २० मिनेट गएको थियो । मलाई असह्य छट्पटी भयो र डीएसपी थापालाई फोन गरेँ । म तपाईंको अफिसमा गएको थिएँ । मालीलाई त देखिनँ, छाडीदिनु भएछ । तपाईंको इन्सपेक्टर श्याम बस्नेतले त उल्टै मैले जिम्मा लिएर लगेको भने । के हो कुरो रु भनेर प्रश्न गर्दा भोलि बिहान भेटौं भनेर प्रस्ताव गरे । मैले किन भेट्नु तिमीलाई जसलाई कारबाही गर्न निवेदन दिएको थिएँ, ऊप्रति प्रहरीको करुणा जागेको देखेर अचम्मित भएको छु ।

जबकि त्यही डीएसपीले अभद्र व्यवहार भएको सूूचना हेडक्वाटरले दिएपछि मलाई फोन गर्दा होस् वा उनको कार्यालयमा जाहेरी दिन जाँदा झण्डै चार घण्टा बस्दा होस् डराउनु पर्दैन । हामी सुरक्षा दिन्छौं भनेर आश्वासन मात्रै पनि दिएनन् । सडकमा माली आतंकबाट सधैं आतंकित भइरहनुपरेको एउटा सञ्चारकर्मीलाई त्यति शब्द खर्चिन पनि उनले किन कन्जुस्याइँ गरे होलान् भन्ने कुरा अब कसैबाट छिपेको छैन । प्रहरीकोमा पुगेपछि नागरिकले सुरक्षाको प्रत्याभूति पाउनुपर्ने हो, त्यसमाथि पनि ‘प्रहरी जनताको साथी’, ‘मुस्कानसहितको सेवा’ जे–जे भनिए पनि व्यवहारचाहिँ साग निमोठेको भन्दा फरक देख्न पाइएन । तर पनि उनले आफूले गल्ती गरेको स्वीकारेका छैनन् । हेडक्वाटरले त्यस्तो घटना भएको जानकारी दिनु नै ठीक होइन भनेजस्तो उनको व्यवहारले देखाएको छ ।

विजय मालीलाई लिएर गएको सुचेन मालीसँगको उनको सहमति रहस्यमय छ र त्यही रहस्यमय सहमतिले मजस्तालाई थप असुरक्षित बनाएको छ । उनी टौदहको थापाकाजी हुन् । प्रहरीमा जागिर खाएको पहिलो महिनाको तलब लिएपछि मिठाई किनेर ख्वाएको सम्झनेहरू अहिले पनि जिब्रोले ओठ चाट्छन् । उनले आइतबार यस्तै दम्भपूर्ण अभिव्यक्ति दिएर तर्साउने प्रयास पनि गरे । अहिलेसम्म गरिएको सम्मान उनको होइन, बर्दीको हो । बर्दीको त्यसरी दुरूपयोग गर्नुहुँदैन । मैले उनको हातमा थमाएको विजय मालीले ममाथि गरेको अभद्र व्यवहारको जाहेरी कहाँ गयो रु र उनीमाथि किन कारबाही गरिएन रु नागरिकले तिरेको करबाट तलब, भत्ता खाएर एउटा सचेत नागरिकलाई त यतिसम्म गरिन्छ भने सर्वसाधारणमाथि यस्ताको व्यवहार कस्तो होला रु साँचोमा परेको मुसोको भन्दा फरक अवस्था नहोला । तर चौथो अंग भए पनि होस् उनले भनेजस्तो पाँचौँ अंग भए पनि होस् अथवा तेस्रो नेत्र नै सक्रिय भएका भए पनि होस् के हो भन्ने कुरा समयले नै बताउने छ ।

–आर्थिक राष्ट्रिय दैनिकबाट साभार