बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा झिनो अंकले सुधार

दुई अंकले बढ्दा दुई अर्ब १४ करोडको सेयर किनबेच

मंगलबार, बैशाख २५ २०८१

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । यसअघि दुई दिन लगातार घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने दुई दशमलव शुन्य छ अंकले बढेर १९ सय ६० दशमलव ८१ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ४९ दशमलव ५८ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ३८ हजार दुई सय १४ पटकको कारोबारमा ५० लाख ६४ हजार ३८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब १४ करोड पाँच लाख दुई हजार छ सय २१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक १२ दशमलव ८० अंंकले बढेर चार हजार २३ दशमलव ४९ अंकमा पुगेकोमा लघुवित्त समुहको सुुचक पनि ९९ दशमलव ९८ अंकले बढेर चार हजार दुई सय एक दशमलव ५७ अंकमा पुगेको छ । यसैगरी सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमश शुन्य दशमलव शुन्य पाँच र ११ दशमलव २२ अंकले बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने शुन्य दशमलव ८६ अंकले घटेर एक हजार १७ दशमलव ४१ अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि २१ दशमलव ६० अंकले घटेर दुई हजार ८० दशमलव ३८ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि १० दशमलव ४८ अंकले घटेर २३ सय ४६ दशमलव ६३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ३० दशमलव २२ अंकले घटेर नौं हजार आठ सय ३२ दशमलव शुन्य पाँच अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ३० अंकले घटेर १० हजार दुई सय ९० दशमलव २० अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटलर्स नेपाल (तराई) लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स पहिलो स्थानमा परेको छ ।