काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा उनले प्रमुख दलका शीर्ष नेतासँग छलफल थालेका हुन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलले संसद अवरुद्ध गर्दै आएको छ ।
अघिल्लो अधिवेशनमा कांग्रेसले सहकारी सहकारी प्रकरणमा गृहमन्त्रीलामिछानेमाथि संसदीय छानबिन माग गरेर बैठक अवरोध गरेको थियो ।
प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । छानविन समिति नबने सो अधिवेशन पनि कांग्रेसले अवरुद्ध गर्ने बताउँदै आएको छ ।