काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच हुनेछ। उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४ बजे सुरु हुनेछ । निरन्तरको खराब प्रदर्शनपछि मुम्बई इन्डियन्स उपाधि होडबाट बाहिरिइसकेको छ । सनराइजर्स हैदराबादको भने प्ले–अफ चरणमा पुग्ने सम्भावना बलियो बनाउन आजको खेल जित्नुपर्ने हुन्छ।
जारी सिजनको आईपिएलमा आजको ५५ औं खेल हो । सनराइजर्स हैदराबादले ११औँ र मुम्बई इन्डियन्सले १२औँ खेल खेल्न लागेका हुन्।
हैदराबादले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकोलेको छ । हैदराबाद १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।
अर्कोतिर, मुम्बई इन्डियन्सले यसअघि खेलिएको ११ मध्ये तीन खेलमा जित र आठा खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।
इन्डियन प्रिमियर लिगमा हालसम्म सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच कुल २२ खेल खेलिएको छ । त्यसमध्ये १२ खेलमा मुम्बईले हैदराबादलाई हराएको छ । बाँकी १० खेलमा भने हैदराबाद विजयी भएको छ ।
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको थियो । उक्त खेल हैदराबादको घरेलु मैदानमा खेलिएको थियो ।