बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

तनावमा रहेका माधव नेपालले बोलाए संसदीय दलको बैठक

सोमबार, बैशाख २४ २०८१

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् ।

आज बेलुका बस्नेगरि बैठक डाकिएको हो ।

सत्ता गठबन्धन भत्काउन लागेको भन्दै आइतबार मात्र जसपा नेपाल विभाजन भएपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्रासमा छन् । जसपाभन्दा अघिनै समाजवादी पार्टी फुट्ने चर्चा चलिरहेको छ ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएका हुन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले यसअघि नै पाईसकेका छन् ।

नेपालले आजको बैठकमा सत्ता गठबन्धन भत्काउन खाज्नुको उदेश्यबारे आफ्ना सांसदलाई बुझाउने प्रयास गर्नेछन् ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल तनावमा परेका छन् ।