काठमाडौं । नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अहिले पहाडी भू-भागमा बदली भइरहेको महाशाखाले जानकारी दिएको छ ।
आज कोशी, बागमती, गण्डकीलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै बुधबार कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशलगायतका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।