शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेप्सेमा उच्च गिरावट

२४ अंकले घट्दा तीन अर्ब ७९ करोडको सेयर किनबेच

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन नैं नेप्से घटेको छ । नेप्से आज २४ दशमलव ५८ अंकले घटेर एक हजार नौं सय ७४ दशमलव ३७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८६ अंकले घटेर तीन सय ५१ दशमलव १८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६० हजार पाँच सय २३ पटकको कारोबारमा ९७ लाख ६२ हजार आठ सय तीन कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक छ दशमलव ८४ अंकले बढेर चार हजार एक सय ७७ दशमलव ६१ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि चार दशमलव २९ अंकले बढेर १० हजार चार सय आठ दशमलव ३१ अंकमा झरेको छ । बाँणिज्य बैंक समुहको सुचक भने ११ दशमलव ४२ अंकले घटेर एक हजार २४ दशमलव ७६ अंकमा झरेकोमा बिकास बैंक समुहको सुुचक पनि एक सय नौं दशमलव १६ अंकले घटेर चार हजार एक दशमलव ३५ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ४४ दशमलव ६० अंकले घटेर २१ सय ४४ दशमलव १३ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव ४६ अंकले घटेर २३ सय ६७ दशमलव ७६ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ७३ दशमलव ८७ अंकले घटेर नौं हजार नौं सय आठ दशमलव ३३ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दोल्ती हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल फाईनान्स परेको छ ।