बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीस्थितमा मोरङ बिराटनगर महानगरपालिका–४ बस्ने महेन्द्र शाहको श्रीराम भेनियर एण्ड प्लाईउड ईन्ड्रटिज प्रालिमा शनिबार दिउँसो आगलागी हुँदा करिब ५ करोड रूपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित मालपोत कार्यालयको स्टोर रूममा शनिबार साँझ आगलागी हुँदा स्टोरमा रहेका २५ वटा काठ र स्टीलका कुर्सी, २ वटा स्टीलको दराज, १ वटा जेनेटर, १ वटा पुरानो मोटरसाइकल जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

रौतहट, कटहरिया नगरपालिका–९ डुमरियास्थित श्री बाबा बैजुनाथ चिनिमिलमा रहेको हाल नम्बर नखुलेको सोही मिलको जेसिबीमा शनिबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमोडस्थित अजय श्रेष्ठको ज्योती प्लाई कार्पेट कारखानामा गएराति आगलागी भएको छ । साथै आगो निभाउने क्रममा घाइते भएका १ जना भक्तपुर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने अर्का १ जनालाई थप उपचारको लागि कीर्तिपुर अस्पताल रिफर गरिएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

काठमाडौं महानगरपालिका–२ साग्रिला होटल नजिक रोकी राखेको प्र.०१–००४ क २९४६ नम्बरको टिपरमा गएराति आगलागी हुँदा ईन्जिन र तारहरू जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।