बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘मिस नेपाल पिस –२०२४’को अन्तिम प्रतिस्पर्धामा २४ प्रतियोगी

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस–२०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले विभिन्न प्रारम्भिक अडिशनबाट फाइनल प्रतियोगिताका लागि छानिएका २४ प्रतियोगी सार्वजनिक गरेको हो । प्रतियोगिताको यो सातौं संस्करण हो ।

देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत दुई सयभन्दा बढी नर्सहरूले प्रारिभक चरणमा अडिशन दिएका र त्यसबाट जसबाट फाइनलका लागि २४ प्रतियोगी छानिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले जानकारी गराए ।

छानिएका प्रतियोगीमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नवीना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सीमा राउत, रिया जोशी, गुञ्जना बास्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, विधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी रहेका छन।

पूर्वमिस नेपाल नम्रता श्रेष्ठ ब्राण्ड एम्बेसडर रहेको प्रतियोगिताको शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलावा विभिन्न उपहारसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ । यो स्वास्थ्य पेशासँग सम्बन्धित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताको फाइनल अगामी जेठ ५ गते हुने आयोजक नेक्स्ट मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो।