शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सन्दीपको मुद्दामा आज सुनुवाई हुँदै

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ। यसअघि गत आईतवार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो।

जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

तत्काल सफाइ पाएमा सन्दीपले टी २० विश्वकप खेल्न सक्ने बताइएको छ । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ को तयारीमा छ । नेपाललाई विश्वकपमा पुर्याउने उनी टोलीमा नहुँदा चौतर्फी निरासा छाएको छ ।