शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

काठमाडौंका यी स्थानमा ६ दिन विद्युत अवरुद्ध हुने

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा भोलिबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आज गोरखापत्रमा सूचना जारी गर्दै प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।