शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सन नेपाल लाइफको सेयर बिक्री प्रर्वन्धकमा नेपाल एसबिआई मर्चैन्ट

शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं  सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर बिक्री प्रर्वन्धकमा नेपाल एसबिआई मर्चैन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको एक बराबर शुन्य दशमलव २७ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको एक करोड छ लाख ९६ हजार तीन २० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाडौंमा बिहीबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।