काठमाडौं । वेस्ट इन्डिज ए बिरुद्धको पाँच खेलको सिरिज नेपालले गुमाएको छ । वेस्टइन्डिज ए ले चौथो टी–२० खेलमा नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको हो । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ए ३–१ ले अघि छ ।
११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भएको थियो ।
रोहितले ४७ बलको सामना गर्दा ८२ रन बनाएका थिए । ओपनर आसिफ शेख शून्य र कुशल भुर्तेल १ रनमा आउट भएका थिए । कुशल मल्ल ४, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुलशन झा १९–१९ रनमा आउट भए ।अभिनाश बोहरा ८ बलमा २ चौका र १ छक्कासहित १७ र सोमपाल कामी १० रनमा आउट भए ।
वेस्टइन्डिजका स्पिनर हेडन वाल्स जुनियरले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । म्याथ्यु फर्डले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । फबिएन एलेनले २ विकेट लिए ।
यसअघि त्रिबि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हिर्काए ।
यसअघिको खेलमा शतक बनाएका जोन्सन चार्ल्सले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३० बलमा ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र ६ छक्का हिर्काए । त्यस्तै, फाबियन एलनले ३३ रनको योगदान दिए ।
नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।
पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।