शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

डोर्टमण्डसँग हार्यो पिएसजी

बिहिबार, बैशाख २० २०८१

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पिएसजीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा डोर्टमण्डले पिएसजीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा खेलको ३६औं मिनेटमा डोर्टमण्डका निकलस फुल क्रुंगले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसंगै डोर्टमण्डले सेमिफाइनलमा १–० को अग्रता हासिल गरेको छ र अब दोस्रो सेमिफाइनल पिएसजीको घरेलु मैदानमा मे ८ मा हुने छ ।