शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईपिएलमा आज : चेन्नईबिरुद्ध जित्नै पर्ने दबाबमा पन्जाब

बुधबार, बैशाख १९ २०८१

काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज चेन्नई सुपर किङ्स र पन्जाब किङ्सबिच हुनेछ । बुधबारको खेल पन्जाबलाई जित्नै पर्ने दबाब रहेको छ । आजको खेलमा पराजित भए पन्जाबको अगाडि बढ्ने सम्भावना लगभग समाप्त हुनेछ । खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपिएलमा आजको ४९ औं खेल हो । यो सिजनको आईपीएलमा आजको खेल दुबै टिमको १० औं खेल हो ।

चेन्नईले यसअघि खेलिएको नौमध्ये पाँच खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १० अंकसहित तालिकाको चौथो स्थानमा छ । पन्जाबले भने यसअघि खेलिएको नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको निकालेको छ । पन्जाब ६ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र पन्जाब किङ्सबिच हालसम्म २८ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा चेन्नईले पञ्जाबलाई हराएको छ । १३ खेल पञ्जाब विजय भएको छ ।

जारी सिजनको आईपीएलमा चेन्नई सुपर किङ्स र पन्जाब किङ्स पहिलो पटक भिड्न लागेका हुन् ।