२५ अंकले बढ्दा झण्डै पाँच अर्बको सेयर किनबेच
काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन शुन्य दशमलव सात अंक बढेको नेप्से आज पुन २५ दशमलव ९३ अंकले बढेर दुई हजार छ दशमलव २८ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५८ अंकले बढेर तीन सय ५७ दशमलव ६४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ७५ हजार दुई सय ७१ पटकको कारोबारमा एक करोड १८ लाख ३८ हजार एक सय ५० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८० करोड ४४ हजार छ सय एक रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक २६ दशमलव ३० अंकले घटेर २१ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ४२ अंकले बढेर एक हजार ४४ दशमलव ८२ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ९६ दशमलव ३० अंकले बढेर चार हजार एक सय ९६ दशमलव ११ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव ७९ अंकले बढेर दुई हजार चार सय ३३ दशमलव ३८ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ९६ दशमलव ४२ अंकले बढेर १० हजार एक सय २३ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ४३ दशमलव ३२ अंकले बढेर १० हजार पाँच सय छ दशमलव ६४ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शाईन रेसुंगा डेभलपमेन्ट बैंक परेको छ ।