शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईपिएलमा आज : कोलकता र पञ्जाब आमनसामने हुँदै

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सको बिच हुनेछ । खेल कोलकत्ताको घरेलु मैदान ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपिएलमा आजको ४० औं खेल हो । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबिच हालसम्म कुल ३२ खेल भएको छ। जसमा पञ्जाबभन्दा कोलकाता बलियो देखिन्छ । कोलकाताले २१ खेलमा पञ्जाबलाई हराएको छ । पञ्जाबले भने ११ खेलमा मात्र कोलकातालाई पराजित गरेको छ ।
यो सिजनको आईपिएलमा कोलकत्ताले आफ्नो आठौं खेल खेल्न लागेको हो भने पञ्जाबले नवौं खेल खेल्न लागेको हो । कोलकत्ताले यसअघि खेलेको खेलमा पाँच जित र दुई खेलमा हार बेहोर्दैं दश अंकसहित तालिकाको दोश्रो स्थानमा छ भने पञ्जाबले खेलेको यसअघिको दुई खेलमा हार र छ खेलमा मात्र जित निकाल्दै छ अंंकसहित तालिकाको नवौं स्थानमा छ ।