काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से शुन्य दशमलव १५ अंकले बढेर एक हजार नौं सय ६९ दशमलव १७ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६० अंकले बढेर तीन सय ४८ दशमलव ५५ अं्रकमा चढेको छ । नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ३६ हजार चार सय ८३ पटकको कारोबारमा ७२ लाख ८४ हजार दुई सय ७२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार नौं सय ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव १९ अंकले बढेर एक हजार २९ दशमलव ८६ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ४७ दशमलव ६२ अंकले बढेर एक हजार नौं सय ९१ दशमलव ६२ अंकमा चढेको छ । यसैगरी उत्पादनमुलक समुहको सुचक पनि ४९ दशमलव ३८ अंकले बढेको छ । बिकास बैंक समुहको सुचक भने पाँच दशमलव ३१ अंकले घटेर तीन हजार आठ सय ५५ दशमलव ९१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव शुन्य दुई अंकले घटेर दुई हजार चार सय सात दशमलव ४० अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ६२ अंकले घटेर नौं हजार नौं सय ३६ दशमलव ३० अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ८५ अंकले घटेर १० हजार एक सय ८४ दशमलव ७६ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पोखरा फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयर परेको छ ।