शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा पुन गिरावट, १५ अंकले घट्दा दुई अर्ब पाँच करोडको सेयर किनबेच

सोमबार, बैशाख १० २०८१

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन १२ दशमलव २९ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १५ दशमलव ४१ अंकले घटेर एक हजार नौं सय ६९ दशमलव शुन्य दुई अं्रकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८० अंकले घटेर तीन सय ४७ दशमलव ९५ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ३८ हजार पाँच सय ५२ पटकको कारोबारमा ५६ लाख ५६ हजार दुई सय ८२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य दुई अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ५२ अंकले घटेर एक हजार २७ दशमलव ६७ अंकमा झरेकोमा बिकास बैक समुहको सुचक पनि ३७ दशमलव ३८ अंकले घटेर तीन हजार आठ सय ६१ दशमलव २३ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ४१ दशमलव ८० अंकले घटेर एक हजार नौं सय ४३ दशमलव ९९ अंकमा झरेकोमा जलबिद्युत सुमहको सुचक पनि २२ दशमलव १८ अंकले घटेर २४ सय १२ दशमलव ४२ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव ९८ अंकले घटेर नौं हजार नौं सय ७६ दशमलव ९२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव २१ अंकले घटेर १० हजार दुई सय २९ दशमलव ६१ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दोल्ती पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने गोर्खाज फाईनान्स पहिलो स्थानमा परेको छ ।