शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गायक निशान भट्टराई र श्रीमती ऋचा न्यौपानेले गरे सम्बन्धविच्छेद

मंगलबार, चैत्र २७ २०८०

काठमाडौं । गायक निशान भट्टराई र श्रीमती ऋचा न्यौपानेले सम्बन्धविच्छेद गरेका छन् ।

गत चैत ७ गते जिल्ला अदालत काभ्रेका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको फैसला सुनाएको हो ।

गत चैत ७ गते निशान र ऋचाले सम्बन्धविच्छेदका लागि संयुक्तरुपमा निवेदन दिएका थिए ।

निशान ‘नेपाल आइडल’को पहिलो सिजनबाट उदाएका गायक हुन् । उनले विसं २०७७ सालमा सोही अदालतमा प्रेमिकासँग कानुनी विवाह गरेका थिए ।

विगत केही समयदेखि सो दम्पतीको सम्बन्धमा दरार आएको चर्चा आइरहेको थियो ।