शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रोकिएन नेप्सेको निरन्तरको ओरालो यात्रा झण्डै चार अंकले घट्दा दुई अर्ब ५३ करोडको सेयर किनबेच

बुधबार, चैत्र २१ २०८०

नेप्सेको निरन्तरको ओरालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन एक दशमलव ८५ अंकले घटेको नेप्से आज बुधबार पुन तीन दशमलव ४३ अंकले घटेर दुई हजार छ दशमलव ७८ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४३ अंकले घटेर तीन सय ५५ दशमलव ७७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ५२ हजार ६५ पटकको कारेबारमा ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौं सय ८६ रुपैंयाँ ६७ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ७० अंकले घटेर १० हजार ५४ दशमलव ८० अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २५ अंकले घटेर तीन हजार आठ सय ८२ दशमलव ७९ अंकमा झरेको छ । फाईनान्स समुहको सुुचक पनि १२ दशमलव शुन्य तीन अंकले घटेर १८ सय ९१ दशमलव ५४ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ६१ अंकले घटेर २४ सय ४९ दशमलव ९५ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव २६ अंकले घटेर १० हजार चार सय तीन दशमलव २० अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् । जीवन बीमा समुहको सुचक भने ५१ दशमलव ६० अंकले बढेर १० हजार एक सय ७९ दशमलव ९६ अंकमा चढेकोमा लघुवित्त र सामुहिक लगानी कोष समुहको सुुचक पनि क्रमशः ६४ दशमलव ५५ र शुन्य दशमलव शुन्य सात अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभर फल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी नैं परेको छ ।