बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रोकिएन नेप्सेको ओरालो यात्रा छ अंकले घट्दा दुई अर्ब ८७ करोडको सेयर किनबेच

मंगलबार, चैत्र २० २०८०

नेप्सेको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १७ दशमलव तीन अंकले घटेको नेप्से आज पुन छ दशमलव २६ अंकले घटेर दुई हजार १२ दशमलव शुन्य सात अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९१ अंकले घटेर तीन सय ५५ दशमलव ६६ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ६३ हजार १६ पटकको कारोबारमा ७२ लाख ९० हजार दुई सय कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको सेयर कारोबार भएकोमा होटल तथा पर्यटन समुहको सुचक ५९ दशमलव ७६ अंकले बढेर पाँच हजार एक सय ९८ दशमलव ४७ अंकमा चढेको छ भने टे«डिङ समुहको सुचक पनि पाँच दशमलव ५१ अंकले बढेको छ । यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् ।

जसमध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ३१ अंकले घटेर एक हजार ६० दशमलव ५१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक दुई दशमलव ८६ अंकले घटेर तीन हजार नौं सय १४ दशमलव ३१ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि १२ दशमलव ७१ अंकले घटेर १९ सय दुई दशमलव ८२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ६६ अंकले घटेर २४ सय ७९ दशमलव ३७ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुुचक पनि १५ दशमलव ९१ अंकले घटेर १० हजार एक सय एक दशमलव ३८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव २० अंकले घटेर १० हजार चार सय २३ दशमलव ७७ अंकमा झरेको छ । यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभरफल्स पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सर्वोत्तम सिमेन्ट पहिलो स्थानमा परेको छ ।