शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेको उकालो यात्रामा लाग्यो ब्रेक, झण्डै ११ अंकले घट्दा दुई अर्ब २३ करोडको सेयर किनबेच

बिहिबार, चैत्र १५ २०८०

 

नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन १० दशमलव १४ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १७ अंकले घटेर तीन सय ५९ दशमलव ४६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४४ हजार दुई सय ४९ पटकको कारोबारमा ६० लाख ४७ हजार २१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक ६४ दशमलव शुन्य सात अंकले बढेर सात हजार एक सय दशमलव शुन्य चार अंकमा पुगेको छ भने बाँकी समुहहरुको सुुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक छ दशमलव १२ अंकले घटेर एक हजार ७१ दशमलव ९७ अंकमा झरेकोमा बिकास बैंक समुहको सुुचक पनि ४८ दशमलव २३ अंकले घटेर तीन हजार नौं सय ५४ दशमलव २२ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि ३३ दशमलव ६४ अंकले घटेर १९ सय १८ दशमलव २५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ३६ अंकले घटेर २४ सय ८७ दशमलव १४ अंकमा झरेको छ । जीवन बीमा समुहको सुुचक पनि ८१ दशमलव ३१ अंकले घटेर १० हजार एक सय ९० दशमलव शुन्य पाँच अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६१ दशमलव ३९ अंकले घटेर १० हजार पाँच सय २२ दशमलव ६५ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्वोत्तम सिमेन्ट परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।