शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अम्बानीको होली पार्टीमा प्रियंकाको १३ करोडको ढुङ्गाको हारको हंगामा

आइतबार, चैत्र ४ २०८०

नयाँदिल्ली । अन्तर्राष्ट्रिय स्टार बनेकी प्रियंका चोपडाले एन्टिलियामा ईशा अम्बानीले आयोजना गरेको रोमन थिममा आधारित होली पार्टीमा लगाएको बुल्गारी ब्रान्डको बहुरंगी ढुङ्गाको हारले चर्चा कमाएको छ ।

प्रायः विदेशमा बस्ने नायिका चोपडा आफ्नी छोरी मालतीसँग मुम्बई आएकी थिइन्। प्रियंका कुनै विशेष अवसरमा वा कुनै कामको सिलसिलामा मात्रै मुम्बई आउने गछिन् ।

थाई हाइ स्लिट स्टाइलको साथ गुलाबी रंगको साडी लगाएकी उनी डीपनेक ब्लाउजले सजिएकी थिइन् ।

चोपडाको आफ्नो स्टनिङ लुकले सबैको ध्यान खिचिएको थियो। तर सबैको नजर प्रियंकाको ‘नेकपिस’ मा रोकियो । अभिनेत्रीले बुल्गारी ब्रान्डको बहुरंगी ढुङ्गाको हार लगाएकी थिइन् तर यो नेकपिस (हार) को मूल्यले भने चकित पर्नेछ। एक रिपोर्टका अनुसार यो नेकलेस (हार)को मूल्य १ वा २ नभई पूरा ८ करोड भारु रहेको छ । यति मात्र होइन, यस ब्रान्डको आधिकारिक वेबसाइटमा यो नेकलेसको मूल्य ८,३३,८०,००० भारतीय रूपैयाँ (१३ करोड ३२ लाख नेपाली रुपैयाँ) उल्लेख गरिएको छ ।

प्रियंका चोपडाको वर्कफ्रन्टको बारेमा कुरा गर्दा उनीसँग धेरै आगामी प्रोजेक्टहरू छन्। उनीसँग फरहान अख्तरको फिल्म ‘जी ले जरा’ पनि छ । जसमा उनीसँगै कट्रिना कैफ र आलिया भट्टसँग देखिनेछन् । यति मात्र होइन, प्रियंकाले छिट्टै जोन सीना र इड्रिस एल्बा अभिनीत ‘हेड अफ स्टेट’मा काम सुरु गर्दैछिन ।