आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १० प्रतिशत छुट दिने

बुधबार, फाल्गुन ३० २०८०

माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो । बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा दुई सय रुपैंयाँसम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम दुई सय रुपैंयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक वीगमार्टका निम्न शाखामा उपलव्ध छ, रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी ।

बैंकले हाल देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।