शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१३ अंकले बढ्यो नेप्से

तीन वटा समुहले गुमाउँदा १० वटाले कमाए

बिहिबार, फाल्गुन २४ २०८०

साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज १३ दशमलव ५१ अंकले बढेर दुई हजार ३० दशमलव ५५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९० अंकले बढेर तीन सय ६० दशमलव २७ अंकमा चढेको छ । तीन सय नौं वटा कम्पनीहरुको ४७ हजार छ सय ९९ पटकको कारोबारमा ८९ लाख २९ हजार एक सय ५२ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर हुँदा होटल तथा पर्यटन, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ९६ अंकले बढेर एक हजार ८८ दशमलव ३४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २९ दशमलव २२ अंकले बढेर २५ सय ७० दशमलव ५८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ४७ अंकले बढेर एक हजार ५८ दशमलव १६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६३ दशमलव १८ अंकले बढेर १० हजार पाँच सय ९३ दशमलव १६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया ग्रोथ फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनीको संस्थापक सेयर परेको छ ।