शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झण्डै पाँच अंकले बढ्यो नेप्से

छ वटा समुहले गुमाउँदा सात वटा समुहले कमाए

बुधबार, माघ २४ २०८०

अघिल्लो दिन झण्डै १० अंकले बढेको नेप्से आज बुधबार पनि बढेको छ । नेप्से आज चार दशमलव ९२ अंकले बढेर दुई हजार ९० दशमलव ६४ अंंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १२ अंकले बढेर तीन सय ७७ दशमलव ९५ अंकमा चढेको छ । तीन सय १३ वटा कम्पनीहरुको ६५ हजार चार सय ६३ पटकको कारोबारमा ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ९९ अंकले बढेर ११ सय ४३ दशमलव ६९ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि १२ दशमलव ३६ अंकले बढेर चार हजार ६८ दशमलव २४ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि २४ दशमलव ८१ अंकले बढेर २६ सय ३८ दशमलव ८१ अंकमा पुगेकोमा जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । फाईनान्स समुहको सुचक भने शुन्य दशमलव ७२ अंकले घटेर १७ सय ९७ दशमलव ९७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ३२ अंकले घटेर १० हजार आठ सय दुई दशमलव ९१ अंकमा पुगेको छ । यि बाहेक उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनसीसी बैंकको ऋणपत्र पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।