चार वटा समुहले गुमाउँदा नौं वटा समुहले कमाए
अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से आज सोमबार भने बढेको छ । नेप्से आज १४ दशमलव ५७ अंंंकले बढेर दुई हजार ७६ दशमलव २७ अंंकमा चढेको छ भने सेन्सिटिभ पाँच दशमलव ९५ अंकले बढेर तीन सय ७९ दशमलव २८ अंकमा चढेको छ । तीन सय १० वटा कम्पनीहरुको ५६ हजार सात सय ७५ पटकको कारोबारमा ७४ लाख ९१ हजार तीन सय तीन कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा चार वटा समुहहरुले गुमाएका छन् भने बाँकी समुहहरुले कमाएका छन् । सो मध्ये निर्जीवन बीमा समुहको सुचक ४४ दशमलव २२ अंकले घटेर १० हजार सात सय ३० दशमलव ३० अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन । बाँणिज्य बैंक समुहको सुचक भने एक दशमलव ५९ अंकले बढेर ११ सय ३८ दशमलव ६० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ७४ अंकले बढेर २५ सय ९३ दशमलव ८२ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको समुहको सुचक पनि १९ दशमलव ५५ अंकले बढेर १० हजार चार सय ६६ दशमलव २७ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।