नेप्सेमा गिरावट आएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से पाँच दशमलव ३१ अंकले घटेर दुई हजार ६१ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ६० अंकले घटेर तीन सय ७३ दशमलव ३२ अंकमा पुगेको छ । तीन सय सात वटा कम्पनीहरुको ७० हजार सात सय ९० पटकको कारोबारमा ९२ लाख ७२ हजार सात सय ८२ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कुल कारोबार रकम तीन अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बिकास बैंक समुहको सुचक २६ दशमलव २५ अंकले बढेर तीन हजार नौं सय ९५ दशमलव २२ अंकमा पुगोकेमो निर्जीवन बीमा समुहको सुचक ५५ दशमलव ६० अंकले बढेर १० हजार सात सय ७४ दशमलव ५३ अंकमा पुगेको छ । फाईनान्स र लगानी समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको समुहको सुचक भने दुई दशमलव ६८ अंकले घटेर ११ सय ३७ दशमलव शुन्य एक अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक २० दशमलव ९५ अंकले घटेर २५ सय ८० दशमलव शुन्य आठ अंंकमा पुगेको छ । जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महिला लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।