बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चलचित्र ‘एक मुठ्ठी बादल’ को मुख्य भूमिकामा आँचल

शुक्रबार, पुष २७ २०८०

काठमाडौं । चलचित्र ‘एक मुठ्ठी बादल’ निर्माण हुनेभएको छ ।

सहारा शर्माको निर्माणमा बन्ने यो चलचित्रको मुख्य भूमिकामा आँचल शर्मा देखिने भएकी छन् । चलचित्रमा आँचलको अलवा सहयोगराज अधिकारीको मुख्य भूमिका रहने चलचित्रको बिहीबार एक पोष्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो । सहाराले यसअघि ‘इन्द्रेणी खोज्दै जाँदा’ चलचित्र निर्माण गरेकी थिइन्

पारिवारिका विषयवस्तुमा निर्माण हुन लागेको चलचित्रको निर्माता अभिमन्यु दीक्षित छन्।

आगामी फेब्रुवरीबाट पोखरामा चलचित्रको छायांकन हुने जनाइएको छ । गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माण सहकार्य रहने चलचित्र फेस्टिभल र हल दुवैलाई लक्षित गरेर निर्माण हुन लागेको हो ।