तीन वटा समुहको कमाउँदा नौं वटा समुहले गुमाए
नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने शुन्य दशमलव ६२ अंकले घटेर दुई हजार ८८ दशमलव ९९ अंकमा झरेको छ भने सेन्सिटिभ दुई दशमलव १९ अंकले घटेर तीन सय ८४ दशमलव १४ अंकमा झरेको छ । तीन सय सात वटा कम्पनीहरुको ७९ हजार तीन सय ८९ पटकको कारोबारमा दुई करोड २१ लाख ३२ हजार सात सय ६८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये जलबिद्युत समुहको सुचक ३९ दशमलव शुन्य आठ अंकले बढेर २५ सय ४० दशमलव १९ अंकमा चढेको छ भने लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने एक दशमलव २१ अंकले घटेर ११ सय ८१ दशमलव ४१ अंकमा झरेको छ भने जीवन बीमा समुहको सुचकम पनि एक सय १४ दशमलव ७७ अंकले घटेर १० हजार आठ सय ८५ दशमलव ६१ अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ६४ दशमलव ९१ अंकले घटेर ११ हजार ९३ दशमनलव ३८ अंकमा झरेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पयर्टन, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन बैंकको संस्थापक सेयर परेको छ ।