शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उच्च बृद्धि

सुचक तथा कारोबार रकम दुबै बढ्यो

सोमबार, पुष २३ २०८०

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार ३६ दशमलव ५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव २७ अंकले बढेर तीन सय ७७ दशमलव २८ अंकमा चढेको छ । तीन सय नौं वटा कम्पनीहरुको ९९ हजार पाँच सय २४ पटकको कारोबारमा एक करोड ३७ लाख नौं हजार दुई सय ७६ कित्ता सेयर खरिद किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौं सय छ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी समुहहहरुको सुचक भने बढेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ८९ अंकले बढेर ११ सय ६१ दशमलव ६४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव १७ अंकले बढेर २५ सय २५ दशमलव २० अंकमा चढेकोे छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ९२ दशमलव शुन्य नौं अंकले बढेर १० हजार नौं सय २७ दशमलव ३५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५५ दशमलव ९३ अंकले बढेर ११ हजार ९८ दशमलव ८६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग उपसमुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।