शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइडको आयोजना

बुधबार, पुष १८ २०८०

नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब राइडको आयोजना गरेको जनाएको छ ।

टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ । टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मुल्य जस्ता विशेषताहरुले लन्च भएको ४ महिनाभन्दा कम समयमा नै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको दाबी छ ।

यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३ हजार ५ सय किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो । साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ । सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीको दाबी छ । साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्याएको छ । कम्पनीका अनुसार विश्वव्यापी रूपमा टिभिएस आईक्युब २ लाख २५ हजार घरहरुमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटर भन्दा बढी दुरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार ७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ ।

स्वदेशमा नै बिजुली उत्पादन गर्ने थोरै देशहरू मध्यमा नेपाल पनि पर्दछ । टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठुलो योगदान पु¥याउँदै जनाएको छ ।१ लाख कि.मीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टिभिएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको हो । नक्सालको टिभिएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो । यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो ।

यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।टिभिएस आईक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ । पावर ईको मोडले राइडलाई रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । ७ इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्दछ ।