काठमाडौं- नेप्से घटेको छ । अघिल्लो दिन ३५ अंकले बढेर सात अर्ब भन्दा बढीको सेयर किनबेच भएकोमा साताको अन्तिम कारोबार दिन आज बिहिबार भने नेप्से ३२ दशमलव ७७ अंकले घटेर २१ सय नौं दशमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ छ अंकले घटेर तीन सय ९६ दशमलव ६२ अंकमा पुगेको छ । तीन सय चार वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ८० पटकको कारोबारमा एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा उत्पादनमुलक र ट्रेडिङ्ग समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दशमलव ४३ अंकले घटेर १२ सय २७ दशमलव ६६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ९३ अंकले घटेर २३ सय ९२ दशमलव २९ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय २९ दशमलव शुन्य पाँच अंकले घटेर ११ हजार चार सय ७८ दशमलव ४० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २३ दशमलव १९ अंकले घटेर ११ हजार एक सय ९२ दशमलव ३६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थामा परेको छ ।