शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उछाल,३८ अंकले बढ्दा छ अर्ब ८६ करोडको सेयर कारोबार

सोमबार, पुष २ २०८०

काठमाडौं- नेप्सेमा उछाल देखिएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से ३८ दशमलव १४ अंकले बढेर दुई हजार ६० दशमलव ४९ अंकमा पुगेको छ भने सेन्सिटिभ नौं दशमलव ५६ अंकले बढेर तीन सय ९० दशमलव ६३ अंकमा चढेको छ । तीन सय पाँच वटा कम्पनीहरुको एक लाख १३ हजार छ सय ९३ पटकको कारोबारमा आज दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ६३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर किनबेच हुँदा जलबिद्युत समुहको सुचक सात दशमलव ८३ अंकले घटेको छ भने बाँकी समुहको सुचक उच्च अंकले बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव ४५ अंकले बढेर १२ सय १३ दशमलव ४४ अंकमा छ भने जीवन बीमा समुहको सुचक पनि एक सय पाँच दशमलव ७८ अंकले बढेर ११ हजार दुई सय २५ दशमलव ३७ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १३ दशमलव ५३ अंकले बढेर ११ हजार ५६ दशमलव ७२ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचकहरु पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमाल दोलखा हाईड्रोपावर कम्पनी परेको छ ।