काठमाडौं- साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २७ दशमलव ७५ अंकले बढेर दुई हजार २२ दशमलव ३५ अंकमा पुगेकोमा सेन्सिटिभ पनि चार दशमलव ७० अंकले बढेर तीन सय ८१ दशमलव शुन्य सात अंकमा पुगेको छ । दुई सय ९५ वटा कम्पनीहरुको एक लाख एक हजार एक सय २८ पटकको कारोबारमा एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौं सय ७९ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा तीन वटा समुहको सुचक घटेपनि बाँकी समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ११ अंकले घटेर ११ सय ८८ दशमलव ९८ अंकमा झरेको छ भने सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय चार दशमलव ५३ अंकले बढेर चार हजार ४६ दशमलव २२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि एक सय २३ दशमलव ३७ अंकले बढेर २३ सय ४३ दशमलव ९६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि २४ दशमलव ६५ अंकले बढेर ११ हजार एक सय १९ दशमलव ५८ अंकमा पुगेको छ भने निर्जीवन समुहको सुचक पनि एक सय १२ दशमलव ६६ अंकले बढेर ११ हजार ४३ दशमलव १९ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो हिमालयन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमाल दोलखा हाईड्रो पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।