काठमाडौं- नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से छ दशमलव ५५ अंकले बढेर १९ सय ९४ दशमलव ६० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले बढेर तीन सय ७६ दशमलव ३५ अंकमा पुगेको छ । तीन सय वटा कम्पनीहरुको ६६ हजार नौं सय ५५ पटकको कारोबारमा ९६ लाख ३७ हजार चार सय ५५ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहले गुमाएका छन् भने बाँकीले कमाएका छन् । बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३४ अंकले घटेर ११ सय ९७ दशमलव १० अंकमा पुगेको छ भने जविन बीमा समुहको सुचक पनि १५ दशमलव तीन अंकले घटेर ११ हजार ९४ दशमलव ९३ अंकमा पुगेको छ । यसैगरी लगानी, लघुवित्त र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने ५२ दशमलव ११ अंकले बढेर तीन हजार नौं सय ४१ दशमलव ६८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २४ दशमलव ६५ अंकले बढेर २२ सय २० दशमलव ५९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ७१ अंकले बढेर १० हजार नौं सय ३० दशमलव ५२ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, उत्पादनुमलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोर्टलस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।