चार वटा समुहले गुमाउँदा नौं वटा समुहले कमाए
काठमाडौं- नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार पनि दुई दशमलव ५० अंकले बढेर १९ सय ८८ दशमलव चार अंकमा चढेको छ । सेन्सिटिभ पनि शुन्य दशमलव ९३ अंकले बढेर तीन सय ७५ दशमलव ३० अंकमा चढेको छ । दुई सय ९२ वटा कम्पनीहरुको ८१ हजार चार सय ५१ पटकको कारोबारमा एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हँुँदा चार वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ८७ अंकले बढेर ११ सय ९७ दशमलव ४५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ९५ अंकले बढेर २१ सय ९५ दशमलव ९३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् । जीवन बीमा समुहको सुचक भने एक सय २९ दशमलव १० अंकले घटेर ११ हजार एक सय नौं दशमलव ९७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४४ दशमलव ४६ अंकले घटेर १० हजार आठ सय ७४ दशमलव ८१ अंकमा पुगेको छ । यसैगरी होटल तथा पर्यटन र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पहिलो स्थानमा परेको छ ।