काठमाडौँ- अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने उच्च अंकले घटेको छ । नेप्से आज घटेपनि कारोबार रकम भने बढेको छ । नेप्से आज १५ दशमलव ४० अंकले घटेर १९ सय ४८ दशमलव ५७ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव ३३ अंकले घटेर तीन सय ६९ दशमलव ४१ अंकमा पुगेको छ । आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख नौं हजार नौं सय १८ पटकको कारोबारमा एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता सेयर किनबेच भएका छन भने कारोबार रकम चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये नौं वटा समुहको सुचक घटेका छन् भने चार वटाको बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव २३ अंकले घटेर ११ सय ८९ दशमलव ९९ अंकमा पुग्दा जलबिद्युत समुुहको सुचक पनि १४ दशमलव ६५ अंकले घटेर २१ सय १७ दशमलव शुन्य आठ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव ७५ अंकले घटेर १० हजार नौं सय छ दशमलव ६२ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, अन्य र ट्रेडिङ्ग समुहको सुचक घटेका छन् । निर्जीवन बीमा समुहको सुचक भने एक सय ४६ दशमलव ३६ अंकले बढेर १० हजार सात सय ६२ दशमलव ३२ अंकमा पुग्दा उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (तराई) लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पहिलो स्थानमा परेको छ ।