शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा हरियाली, सुचक तथा कारोबार रकम दुबै बढ्यो

बिहिबार, मंसिर २१ २०८०

काठमाडौं- नेप्सेमा हरियाली देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ११ दशमलव ७३ अंकले बढेर १८ सय ५२ दशमलव ७७ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ५८ अंकले बढेर तीन सय ५२ दशमलव २८ अंकमा चढेको छ । दुई सय ९९ पटकको कारोबारमा ५३ हजार एक सय ४६ पटकको कारोबारमा ९६ लाख पाँच हजार छ सय आठ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार चार सय ३३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा ट्रेडिङ्ग समुहको सुचक १३ अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक छ दशमलव ९४ अंकले बढेर ११ सय ४० दशमलव ४२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि २० दशमलव शुन्य नौं अंकले बढेर १९ सय ६२ दशमलव २५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ८४ अंकले बढेर १० हजार चार सय ३३ दशमलव शून्य दुई अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय नौं दशमलव २४ अंकले बढेर १० हजार ८८ दशमलव ४१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थामा त्रिशुली जलबिद्युत कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ ।