काठमाडौं- नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने तीन दशमलव ३३ अंकले बढेर १८ सय ४१ दशमलव चार अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दशमलव ३६ अंकले घटेर तीन सय ५० दशमलव ७० अंकमा पुगेको छ । आज १३ वटा समुहहरुको ३४ हजार नौं सय ७१ पटकको कारोबारमा ३७ लाख ५५ हजार एक सय २४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ रुपैंयाँ कायम भएको छ ।
नेपाल नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये आठ पाँच वटा समुहको सुचक घटेका छन् भने आठ वटा समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव शुन्य तीन अंकले घटेर ११ सय ३३ दशमलव ४७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक दशमलव ४९ अंकले घटेर १९ सय ४२ दशमलव १५ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने तीन दशमलव २१ अंकले बढेर तीन हजार छ सय एक दशमलव १५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय २५ दशमलव ३० अंकले बढेर १० हजार चार सय २४ दशमलव १७ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुुचक पनि ७८ दशमलव शुन्य दुई अंंकले बढेर नौं हजार आठ सय ७९ अंकमा पुगेको छ भने लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।