काठमाडौं- नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पनि तीन दशमलव ४२ अंंकले घटेर एक हजार आठ सय ४७ दशमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव २२ अंकले घटेर तीन सय ५३ दशमलव २१ अंकमा पुगेको छ । आज दुई सय ९२ वटा कम्पनीहरुको ४३ हजार चार सय २८ पटकको कारोबारमा ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएका छन् भने बाँकी आठ वटा समुहले गुमाएका छन् । ति मध्ये बिकास बैंक समुहको सुचक एक दशमलव शुन्य एक अंकले बढेर तीन हजार छ सय १२ दशमलव ९५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ८५ अंकले बढेर १० हजार दुई सय ८१ दशमलव ५१ अंकमा पुगेको छ । निर्जीवन बीमा, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने सात दशमलव १६ अंकले घटेर ११ सय ३७ दशमलव २५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ३६ अंकले घटेर १९ सय ५५ दशमलव ३८ अंकमा झरेको छ । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।