सामुहिक लगानी कोष बाहेक सबै सुचक रातै
काठमाडौं- नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से १८ दशमलव शुन्य छ अंकले घटेर १८ सय ५८ दशमलव ५३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स दुई दशमलव ८० अंकले घटेर तीन सय ५६ दशमलव शुन्य आठ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ८९ वटा कम्पनीहरुको ३७ हजार ३१ पटकको कारोबारमा ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक १० दशमलव ६५ अंकले घटेर ११ सय ५० दशमलव शुन्य चार अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ६३ अंकले घटेर १९ सय ६६ दशमलव ७० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय दशमलव ५७ अंकले घटेर १० हजार दुई सय आठ दशमलव ४४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६५ दशमलव शुन्य आठ अंकले घटेर नौं हजार आठ सय ५० दशमलव ८९ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत परियोजना लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिजय लघुवित्त वित्तीय संस्था परेको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर पहिलो स्थानमा परेको छ ।