शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उच्च अंकले गिरावट

सुचक तथा कारोबार रकम दुबै घट्यो

बुधबार, मंसिर १३ २०८०

काठमाडौं- नेप्से उच्च अंकले घटेको छ । निर्धारित समय भन्दै २४ मिनेट ढिलो खुलेर २४ मिनेट ढिलो बन्द भएको नेप्से आज १७ दशमलव ९३ अंकले घटेर १८ सय ७६ दशमलव ६० अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ९६ अंकले घटेर तीन सय ५८ दशमलव ८९ अंकमा पुगेको छ । दुई सय ८५ वटा कम्पनीहरुको २९ हजार आठ सय ८३ पटकको कारोबारमा ३३ लाख ५९ हजार छ सय एक कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब एक करोड ४१ लाख ९५ हजार पाँच सय ७५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा अन्य समुहको सुचक झिनो अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ८७ अंकले घटेर ११ सय ६० दशमलव ७० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २८ दशमलव ९४ अंकले घटेर दुई हजार एक दशमलव ३४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४९ दशमलव २५ अंकले घटेर १० हजार तीन सय नौं दशमलव शुन्य एक अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५४ दशमलव ६३ अंकले घटेर नौं हजार नौं सय १५ दशमलव ९७ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिजय लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुद्धभुमि नेपाल हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।