शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

११ अंकले घट्यो नेप्से

चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

सोमबार, मंसिर ११ २०८०

काठमाडौं- नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार भने ११ दशमलव २७ अंकले घटेर १८ सय ९६ दशमलव ६७ अंकमा झरेको छ भने सेन्सिटिभ दुई दशमलव १२ अंकले घटेर तीन सय ६२ दशमलव ६९ अंकमा पुगेको छ । दुई सय ९० वटा कम्पनीहरुको ५२ हजार चार सय ८० पटकको कारोबारमा ६० लाख १७ हजार तीन सय ९७ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकमएक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचकम नौं दशमलव ९७ अंकले घटेर ११ सय ७५ दशमलव ७६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव २४ अंकले घटेर दुई हजार २६ दशमलव ४७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव १२ अंकले घटेर १० हजार चार सय ७५ दशमलव ५१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ५६ अंकले घटेर १० हजार ७२ दशमलव ८९ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थामा अपर स्याङगे हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।