शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उच्च बृद्धि

धेरैपछि कारोबार रकम दुई अर्ब नाघ्यो

आइतबार, मंसिर १० २०८०

काठमाडौं- नेप्से उच्च अंकले बढ्दा दुई अर्ब रुपैंयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । आज आईतबार नेप्से ४७ दशमलव ७५ अंकले बढेर १९ सय सात दशमलव ९५ अंकमा पुगेको छ भने सेन्सिटिभ सात दशमलव ८३ अंकले बढेर तीन सय ६४ दशमलव ८१ अंकमा चढेको छ । दुई सय ९४ वटा कम्पनीहरुको ६६ हजार पाँच सय १६ पटकको कारोबारमा ६५ लाख ३० हजार छ सय ४३ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर हुँदा सबै सुचकहरु बढेर नेप्से हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २१ दशमलव ७८ अंकले बढेर ११ सय ८५ दशमलव ७४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक ६० दशमलव ८२ अंकले बढेर दुई हजार ४२ दशमलव ७२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि चार सय ४९ दशमलव ८६ अंकले बढेर १० हजार पाँच सय ६९ दशमलव ६३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ५८ दशमलव ८१ अंकले बढेर १० हजार एक सय २७ दशमलव ४६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा छ्याङदी हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड परेको छ ।